28 September 2016

बिध्यार्थीको आडमा राजनिति


मानिसले जहिले पनि अवसर खेजिरहेको हुन्छ । अवसर प्राप्तिको लागी चाहिने प्रमुख तत्व भनेकै शिक्षा हो । उज्वल भविष्यको सपना बोकेर दिनहुँ हजारौको संख्यामा विद्यार्थीहरु उपत्यका भित्रिने गर्दछन् । यसैको फाइदा उठाउँदै विभिन्न रजनैतिक दलका नेताहरुले शिक्षण संस्थालाई राननिति गर्ने थलो वनाएका छन् ।

दलका विभिन्न भातृ संगठनहरुका आडमा भएको राजनितिले विद्यार्थी बर्गलाई प्रत्यक्ष प्रभाव पारेको छ । उपत्यकाका प्रमुख सरकारी क्याम्पसहरुमा पटक पटक भएका ताला बन्दीका खबर नौला हुन छोडेका छन् । कहिले पार्टीगत कुराले त कहिले मुल्य वृद्धिको कारणले, कहिले शिक्षण पद्धतिको निहुँमा त कहिले परिक्षा सञ्चालनको झोँकमा यस्ता ताला वन्द भइरहेका छन् । अखिर जसले जे को निहँुमा शिक्षण संस्था बन्द गरे पनि त्यसको मारमा पर्ने विद्यार्थी बर्गनै हुन् ।

रत्न राज्य, त्रिचन्द्र, महेन्द्ररत्न, अमृत सइन्स, पशुपति, मिनभवन, सानोठिमी, आदी जस्ता करिब डेढ दर्जन बढि सरकारी क्याम्पसहरु विद्यार्थीलाई ढाल बनाएर राजनिति गर्ने प्रमुख थलो बनेका छन् । उपत्यकाका कुुनै न कुनै क्याम्पस बन्द नभएको दिन सायदै नहोला । दलका भातृ संगठनहरुले विभिन्न सभा समारोहमा क्याम्पस नै बन्द गरेर विद्यार्थीहरुलाई लाने गरेको घटना प्रशस्तै छन् । यसका साथै क्यम्पसमै हुने पार्टीगत कार्यक्रहरुले पनि पढाइ सञ्चालनमा अवरोध पु¥यइरहेको हुन्छ । यस्तो माहोलको बिचमा वसेर एउटा विद्यार्थीले कसरी आफ्नो शिक्षा हासिल गर्न सक्छ आफैमा प्रश्न खडा भएको छ ।

राजनिति गर्ने निहँुमा विद्यार्थीहरु माथी हुने खेलवाडको जिम्मेवारी सम्वन्धित पक्षले लिने गरेको छैन । अभिवावकले खर्चगरी उच्चशिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको भविष्य अन्धकार वनाउने यस्ता संघ संगठनको कुनै सिमितता छैन । राजनिति गर्नु नराम्रो होइन तर त्यसवाट पर्न सक्ने असरलाई पनि ख्याल राख्नु जरुरी हुन्छ । यीनै विभिन्न शिक्षण संस्थाहरु वाट उच्चशिक्षा हासिल गरी कति राजनैतिक दलका बरिष्ठ नेता बनेका छन् । तर ति नै नेताहरु विद्यार्थी प्रयोग गरी राजनिति गरिरहेका छन् ।

विद्यार्थी हकहितलाई भनेर धेरै भाषणहरु भएका छन्, नाराहरु गुञ्जेका छन्, सडकहरु बलेका छन् । तर ती सबै विद्यार्थीकै लागी हो त भन्न मुस्किल छ । शिक्षण संस्था तथा यससंग सम्वन्धित कुनै पनि कुरामा राजनितिक क्रियाकलाप हुनु नपर्ने हो तर यसैको हावी भएको छ । यसरी राजनिति गर्ने नाममा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने अधिकार कुनै पनि राजनितिक दललाई छैन । यसरी विद्यार्थीलाई धारमा राखेर गरिने राजनिति परम्परा तोडिनु पर्छ ।

1 comment: