Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

28 September 2016

बिध्यार्थीको आडमा राजनिति


मानिसले जहिले पनि अवसर खेजिरहेको हुन्छ । अवसर प्राप्तिको लागी चाहिने प्रमुख तत्व भनेकै शिक्षा हो । उज्वल भविष्यको सपना बोकेर दिनहुँ हजारौको संख्यामा विद्यार्थीहरु उपत्यका भित्रिने गर्दछन् । यसैको फाइदा उठाउँदै विभिन्न रजनैतिक दलका नेताहरुले शिक्षण संस्थालाई राननिति गर्ने थलो वनाएका छन् ।

दलका विभिन्न भातृ संगठनहरुका आडमा भएको राजनितिले विद्यार्थी बर्गलाई प्रत्यक्ष प्रभाव पारेको छ । उपत्यकाका प्रमुख सरकारी क्याम्पसहरुमा पटक पटक भएका ताला बन्दीका खबर नौला हुन छोडेका छन् । कहिले पार्टीगत कुराले त कहिले मुल्य वृद्धिको कारणले, कहिले शिक्षण पद्धतिको निहुँमा त कहिले परिक्षा सञ्चालनको झोँकमा यस्ता ताला वन्द भइरहेका छन् । अखिर जसले जे को निहँुमा शिक्षण संस्था बन्द गरे पनि त्यसको मारमा पर्ने विद्यार्थी बर्गनै हुन् ।

रत्न राज्य, त्रिचन्द्र, महेन्द्ररत्न, अमृत सइन्स, पशुपति, मिनभवन, सानोठिमी, आदी जस्ता करिब डेढ दर्जन बढि सरकारी क्याम्पसहरु विद्यार्थीलाई ढाल बनाएर राजनिति गर्ने प्रमुख थलो बनेका छन् । उपत्यकाका कुुनै न कुनै क्याम्पस बन्द नभएको दिन सायदै नहोला । दलका भातृ संगठनहरुले विभिन्न सभा समारोहमा क्याम्पस नै बन्द गरेर विद्यार्थीहरुलाई लाने गरेको घटना प्रशस्तै छन् । यसका साथै क्यम्पसमै हुने पार्टीगत कार्यक्रहरुले पनि पढाइ सञ्चालनमा अवरोध पु¥यइरहेको हुन्छ । यस्तो माहोलको बिचमा वसेर एउटा विद्यार्थीले कसरी आफ्नो शिक्षा हासिल गर्न सक्छ आफैमा प्रश्न खडा भएको छ ।

राजनिति गर्ने निहँुमा विद्यार्थीहरु माथी हुने खेलवाडको जिम्मेवारी सम्वन्धित पक्षले लिने गरेको छैन । अभिवावकले खर्चगरी उच्चशिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको भविष्य अन्धकार वनाउने यस्ता संघ संगठनको कुनै सिमितता छैन । राजनिति गर्नु नराम्रो होइन तर त्यसवाट पर्न सक्ने असरलाई पनि ख्याल राख्नु जरुरी हुन्छ । यीनै विभिन्न शिक्षण संस्थाहरु वाट उच्चशिक्षा हासिल गरी कति राजनैतिक दलका बरिष्ठ नेता बनेका छन् । तर ति नै नेताहरु विद्यार्थी प्रयोग गरी राजनिति गरिरहेका छन् ।

विद्यार्थी हकहितलाई भनेर धेरै भाषणहरु भएका छन्, नाराहरु गुञ्जेका छन्, सडकहरु बलेका छन् । तर ती सबै विद्यार्थीकै लागी हो त भन्न मुस्किल छ । शिक्षण संस्था तथा यससंग सम्वन्धित कुनै पनि कुरामा राजनितिक क्रियाकलाप हुनु नपर्ने हो तर यसैको हावी भएको छ । यसरी राजनिति गर्ने नाममा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने अधिकार कुनै पनि राजनितिक दललाई छैन । यसरी विद्यार्थीलाई धारमा राखेर गरिने राजनिति परम्परा तोडिनु पर्छ ।

03 April 2016

विकास अध्ययन र रोजगार चुनौति

नेपालका त्रिभुवन, काठमाण्डौ लगयतका विश्वद्यिलयहरुले विकास सम्वन्धि अध्ययन अध्यापन सुरुगरेको करिब दुई दशक भईसक्यो । यस अवधिमा के कती जनशक्ति उत्पादन गर्‍यो त्यसको कुनै आँकडा छैन । त्रिभुन विश्वविद्यालयले सञ्चालन गरेको ग्रामीण विकास होस या काठमाण्डौ विश्वविद्यालयले सञ्चालन गरेको विकास अध्ययन उद्देश्य उही हो रोजगारीको लागी उपयुक्त जनसशक्ति उत्पादन गर्ने । यस विषयमा अध्ययन गरेका विद्यार्थीहरुको मुख्य कार्य क्षेत्र भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संगठनहरु हुन ।

नेपाल जस्तो ग्रामीण भुभागले प्रभुत्व जमाएको देशमा यस्ता विषयहरु निकै प्रभावकारी हुन्छ । कृषि, पशुपालन, पर्यटन तथा आधारभुत पूर्वाधारहरुको विकासकालागि यी विषयहरु निकै सावधिक पनि छ । यस्तै ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकास गर्छु भन्ने महत्वकांछी धारणा लिएर विकास अध्ययनमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्या दिनानु दिन बढदो छ । नेपालका युवा पुस्तालाई ध्यानमा राखी यस्ता खालका अध्ययन अध्यापन सुरुगरेता पनि अझै कार्यन्वयन हुन सकेको छैन । देशको ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकासमा सहयोग पु्याउदै आएका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संगठनहरुमा रोजगार पाउने उद्देश्यले अध्ययन अध्यापन सुरुगरे ता पनि यो अझै चुनौती बनेको छ । भएका संघ संस्थाहरुमा पनि आफ्नो मान्छे तथा राननैतिक पार्टीहरुको दवावको कारण सिमित ब्यक्तिहरुले मात्र रोजगार पाएका छन ।

नेपालमा वेरोजगारीले जरो गाडेको निकै भइसक्यो । नेपाल जस्तो गरिवीको रेखामुनी रहेको देश ती माथि वेराजगारी, त्यसैले दुइ छाक खान र एक जोर कपडाको लागी खाडी मुलुुकका ताता घाममा काम गर्न बाध्य छन यहाँका शिक्षित युवा पुस्ताहरु । उच्च शिक्षा हासिल गरेता पनि उचित रोजगारी पाउन नसकेको कारणले विदेश पलायन हुनेहरुको संख्या बढ्दो छ । आफ्नै देशमा शिप र ज्ञानको सहि उपयोग गर्ने ठाउँ नपाउदाको स्थितिमा विदेश पलायन हुनु कुनै नौलो कुरा होइन । यस्ता ज्ञान र शिपको उपयोग गर्ने क्षेत्र निर्माण गर्ने कुरामा सरोकारवालाहरुले सोच्नु पर्ने जरुरी छ ।

नेपाल एक कृषि प्रधान देश भएको कारण यहाँका करिव ८०% जनता कृषि तथा पशुपालनमा आश्रित छन । कृषि तथा पशुपालनको आयले नेपालका किसानलाई वर्ष भरि टार्न निकै मुस्किल पर्छ । विकास सम्बन्धि अध्ययनले यस्ता कृषि तथा पशुपालनको क्षेत्रलाई वैज्ञानिक तरिकाबाट सञ्चालन गर्न निकै सहयोग गर्दछ । अहिले यस्ता उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु कृषि तथा पशुपालनको क्षेत्रमा लागेर सफल भएका उदाहारणहरु सुन्न थलिएको छ । यही कृषि तथा पशुपालनको क्षेत्रमा पनि उपयुक्त बिउ, मल, बजार ब्यवस्था तथा सडक अवाभको कारण काम गर्न मुस्किल देखिन्नछ । त्यसैगरी पर्यटन क्षेत्रमा पनि विकास अध्ययन गरेका विद्यार्थीहरुका लागि रोजगारीको अवसर दिन सकिन्छ ।

तर यस क्षेत्रमा पनि सरोकरवालाहरुले चासो दिएको देखिदैन । कतिपय विद्यार्थीहरुले आफ्नै पहलमा पर्यटन सम्वन्धि काम सुरुगरे ता पनि त्यसमा सन्तुष्ट भएको देखिदै । यस सम्वन्धि अध्ययन गरेका जनशक्तिहरु अहिलेको पर्यटन सम्बन्धी रोजगारीको अवसर  दिनेबारे राज्यको ध्यान गएको छैन ।

विकास अध्ययन गरेका सिमित जनशक्तिले मात्र रोजगारी पाएका छन । नातावाद, कृपावाद तथा दवावका कारणले गर्दा पनि उच्च शिक्षा हासिल गरेका मानिसले रोजगारीको अवसर पाएका छैनन । दिनानु दिन बढदै गएको वेरोजगार तथा विश्व विद्यालयहरुबाट उत्पादन भएका जनशक्तिलाई रोजगार दिनुको साटो सरकार मुखाग्र भएर बसेको छ । सरकारको आफ्नै स्वार्थ र हठका कारण शैक्षिक वेरोजगारको संख्या बढदो छ । १२/१५ वर्ष सम्मको शिक्षामा भएको लगानी पछिको वेरोजगार सहन नसकि भएका आत्महत्याका घटनाहरु पनि नआएका होइनन् ।

यसरी नेपालकै विभिन्न क्षेत्र तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संघ संस्थाहरुमा राम्रो रोजगारी पाउने आसमा विकास सँग सम्वन्धि अध्ययन गरेता पनि देशको अस्तव्यस्तताको कारण वैदेशिक रोजगारीमा जान वाध्य भएका छन । हातमा शैक्षिक प्रमाणपत्र भएर पनि विदेशि मुलुकमा पसिना बगाउदाको पिडा यो सरकारको कूर्सीमा बस्नेहरुले महसुस गर्ने कहिले ? आफ्नै देशमा रोजगारको अवसरहरु प्राप्त हुने खालका कार्यक्रहरु नेपाल सरकारले गरिदिने हो भने उच्च शिक्षा हासिल गरेका जनशक्ति खाडी मुलुक जाने थिएनन् । यसकालागी सम्पूर्ण वेरोजगार युवाहरु, सरोकारवालाहरु तथा अन्य नागरीकहरु भएर सरकारलाई दवाव दिनु जरुरी छ । विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु माथी खेलवाड गर्ने अधिकार राज्य/सरकारलाई छैन । यसरी दुइ छाक खान र एक जोर कपडाको लागी विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरुको अन्तिम गन्तव्य वैदेशिक रोजगारी नै चै नबनोस ।