15 February 2014

यथार्थ

समाजको लागि बनावटी हसो,
अर्थ हिन छ !!

भित्री आँसुले,
नायल खोज्न इजिप्ट जानु पर्दैन
प्रसान्त महसागरले त,
बलेसी नै चुमेर जान्छ हरेक साँझ !

वाक्य बिनाको पूर्णबिरामले,
कहिले काँही पूर्ण अर्थ दिंदो रहेछ !
म बुझ्दिन मौनताले बोलेका कुरा,

तेही मौनता,
कोलाहालमा पणिनत हुँदाको क्षण !
अर्ध पागल धेरै पटक भएको छु,
जुकरबर्गलाइ गालि गरेको छु ।


0 comments:

Post a Comment