15 February 2014

शब्द

लेख्दा लेख्दै मसि सकियो आज
दोष कस्को मेरो,
या कलमको
कि मेरा शब्दहरुको,

दोषिलाई कारवाहि न त हुन्छ यहाँ,
फासिँ देउ मेरो शब्दलाइ
झुण्ड्याइदेउ कलमलाइ ।

बिधवा जस्तो रित्तो कलमलाइ
सजाय दिएर के अर्थ भयो,
स्वतन्त्रता छ यहाँ ठोक पिट लुट्,
तिम्रो मगजले जे पो भन्छ
शब्द त आउछ नै,

मानस्पटलबाट निस्किएका
शब्दहरु भुझ्न पढ्न या मनन गर्न,
कागले घैटोको पानी खाए जस्तो
ढुङ्गाहरु यत्रतत्र छरिएका छन्
टिप हान र सकिदेउ शब्दहरुलाई ।

0 comments:

Post a Comment