14 February 2014

भ्यालेन्टाइनस् डे

भरे भात सँग खाने तरकारी छैन प्रिये
तिमी रेस्टौरेन्टमा बर्गर खाउँ भन्छेउ ।
नेपाल यातायातलाई दिने भाडा छैन प्रिये
तिमी स्कुटरमा पेट्रोल हाल्देउ भन्छेउ ।।

रिमोट कन्ट्रोलको बेट्री सकिएको एक हप्ता भयो प्रिये
तिमी क्यु.यफ.एक्स्. को सिट बूक गर भन्छेउ ।
आमालाई समेत मिस् कल गर्छु प्रिये
तिमी सय को रिचार्ज कार्ड किन्देउ भन्छेउ ।।

रफ्फु भर्न दिएको पेन्ट लिन गएको छैन प्रिये
तिमी शेर्पा मलमा वान पिस् किन्देउ भन्छेउ ।
भाडामा ल्याएको सुट त साथीले लागिसक्यो प्रिये
तिमी ह्यान्डसम बनेर ड्रिम्स् गार्डन आउ भन्छेउ ।।

Copyright Pramod Bhattarai

0 comments:

Post a Comment