17 September 2015

प्रेम

बाटुली आँखा नानी,
कोमल हृदयको स्पर्श ले त्यसै
त्यसै हराउछ यो मन
केबल तिम्रो एक सम्झनाले ।

भावनात्मक सम्बन्धलाई
आखिर केले छेक्छ र,
न त समयले  न त बाध्यताले
न नै परिस्थितिले वा असहजताले ।।

हरेक पल तिमिलाई सम्झिनु
मेरो भुल कदापि होईन,
बिना स्वार्थको सम्झाई हो
तिमिले मलाई गलत साबित गरे
तिमिलाई पाप लग्ने छैन ।।

हो म तिमिलाई प्रेम गर्छु
माया गर्छु मोहित छु
आज भोलि म स्वार्थी बनेको छु,
तिमिलाई पाउनुमा होइन
केबल प्रेम गर्नुमा ।।

समय घुम्छ, पक्का घुम्छ 
अनबरत घुम्छ चक्कर लागे झैं,
म ढल्छु, फेरि ढल्छु
उठ्छु अनि फेरि घुम्छु ।।

घुमाई र ढलाई जस्तै छ सम्बन्ध
एउटा ढल्छ अर्को उठ्छ,
एउटा उठ्छ अर्को ढल्छ,
म ढल्न चाहान्छु, फेरि घुम्न चाहान्छु
किनकि म तिमिलाई प्रेम गर्छु ।।

0 comments:

Post a Comment