नेपालका त्रिभुवन, काठमाण्डौ लगयतका विश्वद्यिलयहरुले विकास सम्वन्धि अध्ययन अध्यापन सुरुगरेको करिब एक दशक भईसक्यो । यस अवधिमा के कती जनशति उत्पादन गर्यो त्यसको कुनै आँकडा छैन । त्रिभुन विश्वविद्यालयले सञ्चालन गरेको ग्रामीण विकास होस या काठमाण्डौ विश्वविद्यालयले सञ्चालन गरेको विकास अध्ययन उद्देश्य उही हो रोजगारीको लागी उपयुक्त जनसक्ती उत्पादन गर्ने । यस विषयमा अध्ययन गरेका विद्यार्थीहरुको मुख्य कार्य क्षेत्र भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संगठनहरु हुन ।
नेपाल जस्तो ग्रामीण भुभागले प्रभुत्व जमाएको देशमा यस्ता विषयहरु निकै प्रभावकारी हुन्छ । कृषि, पशुपालन, पर्यटन तथा आधारभुत पूर्वाधारहरुको विकासकालागि यी विषयहरु निकै सावधिक पनि छ । यस्तै ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकास गर्छु भन्ने महत्वकांछी धारणा लिएर विकास अध्ययनमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्या दिनानु दिन बढदो छ । नेपालका युवा पुस्तालाई ध्यानमा राखी यस्ता खालका अध्ययन अध्यापन सुरुगरेता पनि अझै कार्यन्वयन हुन सकेको छैन । देशको ग्रामीण तथा पिछडिएका क्षेत्रहरुको विकासमा सहयोग पु्याउदै आएका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संगठनहरुमा रोजगार पाउने उद्देश्यले अध्ययन अध्यापन सुरुगरे ता पनि यो अभैm चुनौती बनेको छ । भएका संघ संस्थाहरुमा पनि आफ्नो मान्छे तथा राननैतिक पार्टीहरुको दवावको कारण सिमित ब्यतिmले मात्र रोजगार पाएका छन ।
नेपालमा वेरोगारीले जरो गाडेको निकै भइसक्यो । नेपाल जस्तो गरिवीको रेखामुनी रहेको देश ती माथी वेराजगारी, त्यसैले दुइ छाक खान र एक जोर कपडाको लागी खाडी मुलुुकका ताता घाममा काम गर्न बाध्य छन यहाँका शिक्षित युवा पुस्ताहरु । उच्च शिक्षा हासिल गरेता पनि उचित रोजगारी पाउन नसकेको कारणले विदेश पलायन हुनेहरुको संख्या बढदो छ । आफ्नै देशमा शिप र ज्ञानको सहि उपयोग गर्ने ठाउँ नपाउदाको स्थितिमा विदेश पलायन हुनु कुनै नौलो कुरा होइन । यस्ता ज्ञान र शिपको उपयोग गर्ने क्षेत्र निर्माण गर्ने कुरामा सरोकारवाला हरुले सोच्नु पर्ने जरुरी छ ।
नेपाल एक कृषि प्रधान देश भएको कारण यहाँका करिव ८०% जनता कृषि तथा पशुपालनमा आश्रित छन । कृषि तथा पशुपालनको आयले नेपालका किसानलाई वर्ष भरि टार्न निकै मुस्किल पर्छ । विकास सम्बन्धि अध्ययनले यस्ता कृषि तथा पशुपालनको क्षेत्रलाई वैज्ञानिक तरिकाबाट सञ्चालन गर्न निकै सहयोग गर्दछ । अहिले यस्ता उच्च शिक्षा हासिल गरेका जनशतिm कृषि तथा पशुपालनको क्षेत्रमा लागेर सफल भएका उदाहारणहरु सुन्न थलिएको छ । यही कृषि तथा पशुपालनको क्षेत्रमा पनि उपयुतm बिउ, मल, बजार ब्यवस्था तथा सडक अवाभको कारण काम गर्न मुस्किल देखिन्नछ ।त्यसैगरी पर्यटन क्षेत्रमा पनि विकास अध्ययन गरेका विद्यार्थीहरुका लागि रोजगारीको अवसर दिन सकिन्छ ।
तर यस क्षेत्रमा पनि सरोकरवालाहरुले चासो दिएको देखिदैन । कतिपय विद्यार्थीहरुले आफ्नै पहलमा पर्यटन सम्वन्धि काम सुरुगरे ता पनि त्यसमा सन्तुष्ट भएको देखिदै । यस सम्वन्धि अध्ययन गरेका जनशतिmलाई अहिलेको पर्यटन सम्बन्धी रोजगारीको अवसर दिनेबारे राज्यको ध्यान गएको छैन ।
विकास अध्ययन गरेका सिमित जनशतिmले मात्र रोजगारी पाएका छन । नातावाद, कृपावाद तथा दवावका कारणले गर्दा पनि उच्च शिक्षा हासिल गरेका मानिसले रोजगारीको अवसर पाएका छैनन । दिनानु दिन बढदै गएको वेरोजगार तथा विश्व विद्यालयहरुबाट उत्पादन भएका जनशतिmलाई रोजगार दिनुको साटो सरकार मुखाग्र भएर बसेको छ । सरकारको आफ्नै स्वार्थ र हठका कारण शैक्षिक वेरोजगारको संख्या बढदो छ । १२/१५ वर्ष सम्मको शिक्षामा भएको लगानी पछिको वेरोजगार सहन नसकि भएका आत्महत्याका घटनाहरु पनि नआएका होइनन ।
यसरी नेपालकै विभिन्न क्षेत्र तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संघ संस्थाहरुमा राम्रो रोजगारी पाउने आसमा विकास सँग सम्वन्धि अध्ययन गरेता पनि देशको अस्तव्यस्तताको कारण वैदेशिक रोजगारीमा जान वाध्य भएका छन । हातमा शैक्षिक प्रमाणपत्र भएर पनि विदेशि मुलुकमा पसिना बगाउदाको पिडा यो सरकारको कूर्सीमा बस्नेहरुले महसुस गर्ने कहिले ? आफ्नै देशमा रोजगारको अवसरहरु प्राप्त हुने खालका कार्यक्रहरु नेपाल सरकारले गरिदिने हो भने उच्च शिक्षा हासिल गरेका जनशतिm खाडी मुलुक जाने थिएनन । यसकालागी सम्पूर्ण वेरोजगार युवाहरु, सरोकारवालाहरु तथा अन्य नागरीकहरु भएर सरकारलाई दवाव दिनु जरुरी छ । विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरु माथी खेलवाड गर्ने अधिकार राज्य/सरकारलाई छैन । यसरी दुइ छाक खान र एक जोर कपडाको लागी विकास अध्ययन तथा अन्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेका जनशक्तिहरुको अन्तिम गन्तव्य वैदेशिक रोजगारी नै चै नबनोस ।
2A93DEE030
ReplyDeletekiralık hacker
hacker arıyorum
belek
kadriye
serik
8A217064
ReplyDeleteKaramürsel
Karesi
Ayaş
Ilıca
Altınova
Akdeniz
Beykoz
Yıldırım
Talas
14BA8698
ReplyDeleteBismil
Datça
Çivril
Elmadağ
Şahinbey
Silivri
Biga
Çayırova
Fındıklı