26 December 2013

हेराइ

थाहा पाएर पनि नपाए जस्तो गर्ने म,
बुझेर पनि नबुझे जस्तो
बुझ्न नखोजेको होइन
नजानेको पनि छैन!

घडीको सुइ उल्टो घुमेझै देख्छु,
अरुको घडीमा १२ होला मेरो मा २४ देख्छु
हेर्न नजानेको पनि होइन!

'आइ लभ यु' घडी देखि 'राडो' सम्मले,
समय त उहि देखाउछ
तर मलाई किन फरक लाग्छ!

तलाउ सफा छ,
म लेउले भरिएको देख्छु
भित्र भित्र माछा पौडिएका होलान
रङ्गि बिरङ्गि
मेरो लगि फुश्रा छन् सब
केबल फिका !!

0 comments:

Post a Comment