13 July 2016

म कवि होईन

अरुले जस्तो कलम घुमाएर,
शब्दरुपी तस्बिर कोर्न सक्दिन ।
भाब बिनाका शब्दका केस्राहरु,
छुट्याएर पाठकलाई पस्किन सक्दिन
त्यसैले म कवि होईन ।।

सेक्शपियरले जे लेखे पनि
कविता बन्थ्यो, कलम नचाउदै
कविताहरुको आविस्कार गर्थे ।
लक्ष्मी प्रसादको शब्दहरुको
साना छर्राहरुले पनि कविताको रुप लिन्थ्यो ।
म छर्रा प्रहार गर्न सक्दिन,
कलम नचाउन सक्दिन
त्यसैले म कवि होईन ।।

कवि बन्न समुन्द्रमा तैरिनु पर्छ रे!
कालो ओढारमा बिथोलिनु पर्छ रे!
मलाई समुन्द्र देखेर डर लाग्छ
ओढार देखेर काहालि लाग्छ
त्यसैले म कवि होईन ।।

शब्दहरुको मालालाई कविता भन्छन ।
मेरो शब्दको बगैंचा छैन
धागो पनि जृण भैसक्यो ।
सियोको धारमा खिया रंगिसके
म माला उन्न सक्दिन
त्यसैले म कवि होईन ।।
हो ! म कवि होईन ।।।


3 comments:

  1. you said you are not poet...but you write a very beautiful poem...which shows you are perfect poet...

    ReplyDelete
  2. 2C78E6C4684A
    Sosyal medya yönetimi konusunda uygun fiyatlı çözümler ararken ucuz smm panel seçeneklerini incelemek faydalı olabilir. Bu panel sayesinde zaman ve bütçe kaybı yaşamadan etkili kampanyalar düzenleyebilirsiniz. Ayrıca güvenilir hizmet sunan platformları tercih etmek başarı şansınızı artırır. Sosyal medya performansınızı artırmak için ucuz smm panel çözümlerini değerlendirebilirsiniz. Bu sayede hem maliyetleri düşürüp hem de sonuç almanız daha kolay hale gelir.

    ReplyDelete