03 April 2016

अशुरक्षित बन्दै वैदेशिक रोजगार

देशमा बड्दै गईरहेको स्वार्थ पूर्ण राजनितिको फोहोरि खेलले गर्दा विदेशिन बाध्य भएका बेरोजगारि नेपाली युवाहरुको सपना साकार पार्ने अन्तिम थलो विदेश पलायन हो भनेर नकार्न सकिदैन । बैदेशिक रोजगारीमा जाने मुलुकहरु मध्ये अधिकांश मुलुकसँग श्रम सम्झौता नहुदा र भएको स्थानमा पनि प्रभावकारी रुपवाट लागु हुन नसक्दा भनौ कानुन तथा सरकारको कमजोर पहुँचको कारण रोगी, बिरामी, अंगभंग तथा मानसिक असन्तुलनका कारण वर्षेनी सयौँ युवाहरु विना क्षतिपूर्ती स्वदेश फर्किरहेका छन् । बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा गएता पनि विभिन्न कारणहरुले गर्दा यो सुरक्षित हुन सकेको छैन । विभिन्न प्रकारका ठगीहरु, कार्य दक्षताको कमि, विभिन्न रोगहरुको भय, श्रम सम्झौता आदि जस्ता कारणहरु बाट वैदेशिक रोजगार दिनानु दिन असुरक्षित बन्दै गएको प्रष्ट छ । मेनपावर कम्पनीले गर्ने ठगीवैदेशिक रोजगारको नाममा मानव किनबेचको निम्ति थोरैलाई छोडेर अधिकांश मेनपावर कम्पनीले राम्रो काम र तलवमा लगाइदिने झुठो प्रचार गरी नक्कली कागजात अथवा डकुमेन्ट तयार पारी विदेश पठाउने गर्दछन् र विदेश पु्याई अलपत्र पार्दछन् । कानुनी भन्दा पनी गैरकानुनी रुपमा खोलिएका मेनपावरहरु मार्फत पठाईएका कामदारहरु बढी असुरक्षित हुने गरेका छन् । यसप्रति न त राज्य नै जवाफदेही छ न त मेनपावर कम्पनी । कामका लागी विदेशिनेहरुको तथ्याङ्क बड्दै जाँदा बैदेशिक रोजगारसँग सम्बन्धित ठगी बड्दो छ । साउदी अरव, दुवई, कतार, मलेसिया लगायतका खाडी मुलुकमा पुग्नलाई चाहिने आवश्यक खर्च ४५ हजार देखी ६० हजार रुपैयाँ भएपनि त्यसको दोब्बर रकम असुलेर पठाउने गरेको पाईएको छ । अहिले दैनिक करिब आठ सयको हारहारीमा नेपाली युवाहरु खाडी मुलुकमा रोजगारीको निम्ति ९० हजारदेखि १ लाख ५० हजारसम्मको मोटो रकम खर्च गरेर जाने गर्दछन् । त्यति रकम तिरे पनि न त तलव सुविधा र कामको ग्यारेटी छ न त ज्यानको सुरक्षा नै । बैदेशिक रोजगार ऐन २०४२ ले यस्तो बैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारवाहिे गर्ने भने ता पनि त्यसको पालना भएको देखिदैन ।

बिभिन्न रोगहरुको संक्रमण
अशिक्षा र गरिबीका कारण घरपरिवारको गर्जो टार्न देशका अधिकांश पुरुष तथा बाध्यात्मक परिस्थितिमा महिलाहरु समेत भारतका विभिन्न सहर तथा तेस्रो मुलुकमा रोजगारीका लागी जाने गर्दछन् । लामो समयसम्म घरपरिवारबाट टाढा बस्ने उनीहरुमध्ये कतिपय अज्ञानतावस असुरक्षित यौन सम्पर्क वा जोखिमपूर्ण व्यवहारमा लाग्न पुग्छन् जसका कारण उनीहरु अन्जनमै एच.आइ.भी. संक्रमित भएर वा अन्य यौन रोगहरु लिएर स्वदेश फर्कछन् । यस्ता यौन रोगहरु पुरुष कामदार भन्दा महिला कामदारमा बढी भएको पाइएको छ । वैदेशिक रोजगारीका लागी खाडी मुलुकमा गएका महिला कामदार माथि हुने बलात्कार तथा यौनजन्य अपराधहरुका कारणले यस्को प्रकोप बढदै गएको छ । कतिपय अवस्थामा बाध्यात्मक रुपमा (घर मालिकहरुको दवाब) को कारणले गर्दा यौनजन्य क्रियाकलापमा लाग्नाले एच.आइ.भी. नेपाल भित्रिरहेको छ । त्यसैगरी, पुरुषहरु पनि यस्ता प्रकारका क्रियाकलापमा लागेको कारण एच.आइ.भी. तथा अन्य रोगहरुबाट संक्रमित भएर नेपाल फर्कने गरका छन् । यसरी अफ्नो घरको आर्थीक अभावलाई भरथेग गर्न वैदेशिक रोजगारमा गएका कामदारहरु आफै संक्रमित भएर फर्किने घटनाले वैदेशिक रोजगार कति असुरक्षित छ सहजै अनुमान लगाउन सकिन्छ ।

आवश्यक शिप र ज्ञानको कमि
आफ्नो कामको बारेमा शिप तथा ज्ञान जानकारी नभइकन वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो छ । आफूले विदेश गएर गर्नु पर्ने कामको बारेमा विस्तृत जानकारी र तथा त्यो काम सँग सम्वन्धित शिप तथा तालिमको अभाव र भाषा ज्ञानको कमिले दिन प्रतिदिन वैदेशिक रोजगार असुरक्षित बन्दै गईरहेको छ । जसको कारणले गर्दा कामदारहरु कम्पनिहरुबाट निकालिने तथा विभिन्न दुर्घटनाहरु निम्त्याई रहेको छ । खाडी मुलुकहरुमा काम गर्न गएका नेपाली कामदारहरुलाई भाषा समस्या हुने गरेको छ । कतिपय कम्पनिहरुमा भाषा नजानेको भन्दै यातना दिने तथा काम बाट निकालिदिने गरेको घटना सुन्ने गरेको पाईन्छ । त्यसै गरी कामको बारेमा आवश्यक शिप तथा तालिमको अवाभ हुँदा पनि नेपाली कामदारहरु समस्यामा पर्ने गरेका छन । भाषा दक्षताको कमि, काम सम्वन्धी सीको अभाव र एजेन्टहरुवाट ठगिनेले गर्दा धेरै नेपाली युवाहरु बैदेशिक रोजगारमा जाँदा दुख र सास्ती भोग्नुपरेका घटनाहरु आउने क्रम रोकिएको छैन । त्यसैले भाषा दक्षता, आवश्यक शिप तथा तलिम र जानकारी बिनाको वैदेशक रोजगार सुरक्षित मान्न सकिदैन ।

श्रम सम्झौता नभएको देशमा जानु
बैदेशिक रोजगारको लागी श्रम सम्झौता नभएका देशहरुमा नेपाली कामदारहरु जाने क्रम तिब्र छ । नेपाल वाट भारत हुदै विश्वका विभिन्न देशहरुमा कामको सिलसिलामा पुगेका नेपाली कादारहरु अलपत्र परेका घटनाहरु प्रसश्तै छन् । यसरी श्रम सम्झता नभएका देशहरुमा अबैध ढंगबाट जानु आफैमा असुरक्षित हो । अबैध रुपमा गएका कामदारहरुलाई त्यो देशको सुरक्षा निकायले जेलमा थुन्ने, विभिन्न प्रकारका शारिरीक तथा मानसिक यातनाहरु दिने तथा ज्यानै समेत लिने गर्दछन् ।

त्यसैले यस्तो अबैध तरिकाबाट वैदेशिक रोजगारीकमा जानु सबै भन्दा असुुरक्षित हुन्छ । यसका लागी सरकार भन्दा पनि ब्यति स्वयंले ध्यान दिनु जरुरी हुन्छ । यसरी असुरक्षित वैदेशिक रोजगारीमा गई आफ्नो जीवन र जवानी वर्बाद गर्नुभन्दा आफ्नै देशको माटोमा श्रम र पसिना खर्चे जे पनि गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गरेर स्वदेशमा काम गर्नुपर्छ भन्ने सोचको विकास गर्नु जरुरी छ । 

0 comments:

Post a Comment