27 September 2018

सम्झनाको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)

एसिड आक्रमणमा परेर ज्यान गुमाएकी १७ वर्षीय सम्झना दासको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । रेज अगेन्स्ट एसिड भिक्टिमस् ह्यासट्याग समूहले बिहीबार साँझ माइतीघर मण्डलामा मृत आत्माको चीरशान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो ।चन्द्रनिगाहपुर-६, रौतहटकी सम्झनाको सोमबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । सम्झना र उनकी बहिनी सुस्मितामाथि २६ भदौ राति एसिड प्रहार भएको थियो । उनीहरूलाई एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु दासलाई प्रहरीले पक्राउ गरेको छ ।







1 comment: